
काठमाडौं, ८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी साउन १८ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ। उक्त लघुवित्तद्वारा प्रति सेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागिएको हो।
कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता संस्थाकै कर्मचारीहरुका लागि तथा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
उक्त आईपीओ भर्ने म्याद छिटोमा साउन २२ र ढिलोमा भदौ १ सम्म तय गरिएको छ। यो आईपीओका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ क्यापिटल लिमिटेड अभियान लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा रहेको छ। आईपीओका लागि सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ। हाल १५ करोड २५ लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पुँजी आईपीओ बाँडफाँटपछि २५ करोड रुपैयाँ पुग्ने बताइएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




