मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आईक्यानद्वारा पुरस्कृत

-



     सफल आवाज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ साउन । मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ। संस्थाले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७७-०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड अनुयल रिपोर्ट अवार्ड, २०२१) मुक्तिनाथ विकास बैंकलाई प्रदान गरेको हो ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार यो पुरस्कारबाट मुक्तिनाथ बैंक यसअघि आर्थिक वर्ष २०७५-०७६ र  २०७६-०७७  पुरस्कृत भइसकेको र हाल २०७७-०७८ को पुरस्कार लगातार तेस्रो पटक हो।

आईक्यानले बेस्ट प्रेजेन्टेड अनुयल रिपोर्ट अवार्ड बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (विकास बैंक र वित्त कम्पनी समूह ), बीमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र गरी विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।

मुक्तिनाथ विकास बैंकले विकास बैंक र वित्तीय कम्पनीहरुमध्येबाट वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा प्रदान गरेको उक्त पुरस्कार बैंकका सीईओ प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न देशभरका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ।