
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उछाल आएकाे छ । यो दिन सेयर कारोबार हुने साताको पहिलो दिन पनि हो ।
माैद्रिक नीति आएपछि यसलाई अर्थव्यवस्था सुधारको कडीको रुपमा लिइएको प्रारम्भिक प्रतिक्रिया आइरहँदा सेयर बजारमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म लगानीकर्ताहरुले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको विरोध गर्दै आएका थिए । नियमनकारी निकाय सेबोनसँग भएको १९ बुँदे सहमतिपछि उनीहरुले आन्दोलनलाई रोकेका थिए ।
साउन ६ गते आएको मौद्रिक नीतिले यसअघिकाे ४/१२ को मापदण्डमध्ये ४ लाई हटाएको छ भने १२ को क्यापलाई कायमै राखेको छ । माैद्रिक नीतिपछि नेप्सेको पहिलो कारोबारमा आएको उछालको कारण लगानीकर्ताहरु उत्साहित भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.०३ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.०९ अंकले बढेर ३९८.३३ विन्दुमा पुगेको छ ।

कुल २१९ कम्पनीको सेयर कारोबार भएको छ । ६४ लाख २३ हजार १४६ कित्ता सेयरको कारोबारबाट २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




