मन्दाकिनी हाइड्रोपावरकाे सेयर निष्काशन आजदेखि, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ९ साउन । मन्दाकिनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्काशन गरेकाे छ । कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यकाे ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे ।

निष्काशन गरिएकाे कुल सेयरबाट २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ। बाँकी रहने १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि साउन १२ गतेसम्म म्याद ताेकिएकाे छ। उक्त अवधिसम्म माग बमाेजिमकाे सो अवधिसम्म आवेदन नपरेकाे खण्डमा साउन २३ गतेसम्म आवेदन दिन सकिने छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गरेकाे छ भन्रे हाे।

लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयरकाे पेज र एप्सबाट पनि आवेदन दिन पाइने छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।