
काठमाडौं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा सामान्य तलमाथि भएको छ । छापावाल सुन रुपैयाँ १०० ले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाल सुनको भाउ रुपैयाँ १०० ले घटेर तोलाको ९४ हजार ४०० रुपैयाँ तोकिएको जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भई रहेको छ । आईतबार तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँ कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार सेतो धातु चाँदीको भाउ यसदिन स्थिर रहेको छ । आईतबार चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउमा कारोबार भईरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




