गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थका लागि बाहिरियो सवा तीन खर्ब रुपैयाँ

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ साउन । गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातका लागि ३ खर्ब २० अर्ब रुपैयाँ बाहिरिएको छ । हालै सार्वजनिक विवरणअनुसार एक वर्षको अवधिमा तीन खर्ब बढी नेपाली बाहिरिएको उल्लेख गरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबर रकम डिजेल आयातका लागि खर्च भएको छ ।

यस्तै ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको पेट्रोल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको तथ्याङ्कमा उल्लेख छ ।