
काठमाडौं, ९ साउन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजार सकारात्मक लयमा गएको छ । नेप्सेमा लगातार दोश्रो दिनको अर्धशतको पारसँगै लगानीकर्तामा उत्साह थपिएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि निकै वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६२ प्रतिशतको वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । ९९ लाख ४४ हजार ४८ कित्ता सेयरको कारोबारबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै १३ वटै उपसमूहहरुमा हरियो लागेको छ । सबैको सेयर बढेको छ । लागातार कारोबारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि देखिएको छ ।

आज पनि कारोबारको आधारमा सबैभन्दा अगाडि रहेको कम्पनीको १५ करोड २९ लाख २५ हजार ६७८ रुपैया ४० पैसा बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




