
काठमाडाैं, १० साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।
संस्थाकाे गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको अधिकांश सूचकहरूकाे सुधारसंगै साे नाफा गर्न सफल भएकाे हाे ।
लघुवित्तकाे याे २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १०.०५ प्रतिशत बढी देखिएकाे छ । अघिल्लो वर्ष साेहि अवधिमा लघुवित्तकाे २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा रहेकाे थियाे ।

लघुवित्तको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले, कुल सञ्चालन आम्दानी २५.८४ प्रतिशतले र सञ्चालन मुनाफा २६.९३ प्रतिशतले बढेको छ। प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ३४ पैसा भएकाे छ। लघुवित्तको मूल्य आम्दानी रेसियाे २८.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ।
लघुवित्तको चुक्ता पूँजी २८ प्रतिशत बढेको छ । जगेडा कोष ३३.४५ प्रतिशतले, सापटी ३४.८६ प्रतिशत, निक्षेप ३८.४६ प्रतिशत र कर्जामा ३३.७४ प्रतिशत बढेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




