घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज छापावाल र तेजाबी सुनको मूल्यमा २-२ सय रुपैयाँ तथा चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाल सुनको भाउ २०० रुपैयाँले घटेर तोलाको ९४ हजार २०० रुपैयाँ तोकिएको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज सेतो धातु चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । सोमबार चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैयाँ घटेर १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।