
काठमाडौं, १० साउन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरेको छ । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै आफूलाई सक्षम बनाउँदै लगेको देखिएको छ ।
निगम व्यवस्थापनले आवश्यक परेका बेला ओभरड्राफ्ट सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको बताएको छ । हाल निगमले ३ अर्ब २७ करोड रुपैयाँ आवश्यक पर्दा तत्कालै उपयोग गर्न सक्ने बुझिएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकामा करिब रु दुई अर्बको नगद मौज्दात भई एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ ।
दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।
ओभर ड्राफ्ट रकम भुक्तानीका गरिएका कारण पाँच महिनाको अवधिको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएकोले आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको बताइएको छ । निगमको आठ महिनामा आठ अर्ब आम्दानी निगमले चालु आर्थिक वर्ष २०७८-७९ को प्रथम आठ महिना ९साउनदेखि फागुन०सम्म रु आठ अर्ब ३८ करोड आम्दानी भएको जनाएको छ ।
निगमका अनुसार यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी रु पाँच अर्ब ७० करोड रहेको थियो । निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ ।
यो अकुपेन्सी गत वर्षको कात्तिकमा ए–३२० ले सात घण्टा ३८ मिनेट र ए–३३० ले छ घण्टा ३८ मिनेटले बढाएका छन् । यस्तै चैतमा नौ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ । यसबाहेका विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सञ्चालन भएकाले आम्दानी बढेको निगमले जनाएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




