स्ट्याण्डर्ड चार्टर्ड बैंककाे खुद नाफा २ अर्ब २६ करोड बढी

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ११ साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ।

बैंककाे प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशतले बढी भएकाे छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाे र इम्पेरमेन्ट जरिवाना घटेपछि नाफा बढेकाे हो। खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ । कमिसन आम्दानी ३३.१९ प्रतिशतले, कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशतले बढेकाे छ । यस्तै सञ्चालन मुनाफा ६१.५४ प्रतिशतले बढेकाे छ।

गएकाे असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको पाइएकाे छ। बैंकको ईपीएस बढेको छ। याे आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा भएकाे छ। बैंकको मूल्य आम्दानी रेसियाे १६.४६ गुणा छ । प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पूँजी १० प्रतिशतले, जगेडा कोष १३.४० प्रतिशते, निक्षेपमा ६.९२ प्रतिशतले र कर्जामा २६.८६ प्रतिशत बढेको पाइएकाे छ।