
काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गरेर इजाजत प्राप्त बैंक, बित्तीय संस्थाहरुले कुल लगानी याेग्य रकममध्ये २०७९ भदाै २ गतेदेखि २०८० भदाै २ गतेसम्म ३६७ दिनकाे निक्षेपकाे लागि आव्हान गरेकाे हाे ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ कराेड रुपैयाँ लगानी गर्नेछ । ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ कराेड रुपैयाँ सहित जम्मा १ अर्ब २० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।
मुद्धती निक्षेपकाे रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले श्रावण १३ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र लिन चाहेको रकम खुलाइ साे रकमकाे लागि व्याजदर खुलाएर राष्ट्र बैंकमा आवेदन पेश गर्न सक्नेछन् ।
राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना तल बक्समा छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




