
काठमाडाैं, १२ साउन । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेबाट एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नाममा म्युचुअल फण्ड निष्काशन गर्न लागेको जनाएकाे छ ।
प्रति इकाई १० रुपैयाँ दरको कुल इकाईमध्ये १ करोड ८६ लाख इकाई कोष प्रबर्धक रहेकाे एनएमबि बैंकका लागि रहेकाे छ । १२ लाख इकाई योजना व्यवस्थापक रहेकाे एनएमबि क्यापिटलका लागि रहेकाे छ। बाँकी रहने १० करोड २० लाख इकाईका लागि लगानीकर्ताले आवेदन दिन पाउनेछन्।
यस योजनाका लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे म्यादसम्म माग बमाेजिमकाे आवेदन पेश नभएकाे खण्डमा भदौ ९ गतेसम्म आवेदन दिन पाइने छ ।
फण्डका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
याेयाेजना एक बन्दमुखि योजना हो। यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ। क्यापिटलले यसअघि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरेको थियाे।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




