तोलाको ९४ हजार ८ सय पुग्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा एकैदिन ८०० रुपैयाँ र चाँदीमा तीस रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले बढेर तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।