मिर्मिरेले कमायाे करिब २१ कराेड खुद नाफा, ईपीएस कति ?

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाले प्रकाशन गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा साे नाफा देखिएकाे हाे ।

प्रकाशित वित्तीय विवरणअनुसार संस्थाले अघिल्लाे वर्षको तुलनामा ८ प्रतिशतले खुद नाफा कमाउन सफल भएकाे हो। अघिल्लो वर्षमा संस्थाकाे साे नाफा १९ करोड २७ लाख रुपैयाँ रहेकाे थियो। 

मिर्मिरेको सञ्चालन मुनाफा १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख रुपैयाँ भएकाे छ। अघिल्लो पटक याे नाफा २८ करोड ६२ लाखमा सिमित रहेकाे थियो।

संस्थाकाे खुद नाफा ५४ करोड ३७ लाख रुपैयाँ रहेकाे छ। अघिल्लो वर्षमा याे नाफा ४४ करोड ७७ लाख रुपैयाँ रहेकाे थियाे । खुद ब्याज आम्दानी २१.४५ प्रतिशतले बढेको पाइएकाे छ। 

मिर्मिरेले ५ अर्ब ६७ करोड रुपैयाँ सापटी लिएकाे देखिन्छ । रु ८ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष रु ४ अर्ब ५२ करोड सापटी लिईएमाे थियाे भने ६ अर्ब ६३ करोड रुपैयाँ कर्जा दिइएकाे थियो। 

जगेडा काेषमा ७९.७१ प्रतिशतले बढेकाे छ । याे रकम ४५ करोड १९ लाख रुपैयाँ रहेकाे छ। अघिल्लो वर्ष जगेडामा रकम २५ करोड १४ लाख रुपैयाँ थियो।  

संस्थाको चुक्तापुँजी ५२ करोड २० लाख रुपैयाँ रहेको छ । ईपीएस ३९.८८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६.५६ रुपैयाँ रहेको छ।