हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ साउन । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले २ करोड ७८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।

कम्पनीले गोप्य शिलबन्दीमार्फत् ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि २०७९ असार ५ देखि असार १९ सम्म समय तोकेकोमा उक्त अवधिमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बाँडफाँट हुन सकेको थियो। कम्पनीका अनुसार बाँकी रहेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता सेयरका लागि पुन: बोलपत्र आह्वान गरिएको हो।

कम्पनीले यही साउन १५ गते आइतबारदेखि रुर १०० दरका अंकित २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिने र यसको अन्तिम म्याद आगामी साउन २९ गतेसम्म हुने जनाएको छ।

सेयरका लागि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल तथा बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, वीरेन्द्रनगर, दाङ, धनगढी र महेन्द्रनगरमा रहेका ग्लोबल आईएमई बैंकका शाखा कार्यलयमा बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ।