करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको समितिको निष्कर्ष

-

     सफल आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित

काठमाडौं, १३ साउन । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले अनधिकृत व्यक्तिको प्रवेश नदेखिको ठहर गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले पेश गरेको प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख गरिएको छ ।

‘करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको र करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन, संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन’, प्रतिवेदनको निष्कर्ष छ ।

सभापति कर्णले अर्थ मन्त्रालयबाट ‘एनभीआर सिस्टम’ प्राप्त भएको र त्यसबाटसमेत समितिले खोजी गरेको मितिको नभेटिएको बताउँदै समितिलाई सुरुमा १० दिनको म्याद दिइएको र समितिले असार २८ गतेबाट काम सुरु गरेको थियो । उना अनुसार समितिले सूचना, तथ्याङ्क सङ्कलन र स्थलगत छानबिन लगायतका विधिबाट अध्ययन गरेको थियो ।

समितिमा सभापति कर्णसहित सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए । प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास भए पनि कतिपय विषयमा सर्वसम्मत हुन नसकेकाले फरक मतका रुपमा प्रतिवेदनमा समेटिएको बुझिएको छ ।