
काठमाडौं, १४ साउन । एनआईसी एशिया बैंकले नविनतम् ‘सर्वश्रेष्ठ १० गुणा मुद्यती योजना’ ल्याएको छ । बैंकले १० गुणा प्रतिफल सहित ग्राहकका लागि उक्त योजना ल्याएको हो । जस्मा रुपैयाँ ८४ लाखसम्मको बीमा सुविधा रहेको बैंकले जनाएको छ । जो पाँच वर्षे अवधिको रहेको छ ।
एक भिडियो सूचना जारि गर्दै बैंकले निक्षेप रकम र पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जामा सुविधा दिने भएको छ । यसका साथै बैंकले ५ लाख सम्मको क्रेडिट कार्डको निःशुल्क सुिवधा दिने भएको छ ।
श्रावण महिनाभरीका लागि यो योजना ल्याएकाे बैंकले जनाएको छ । जनताको विश्वास जित्दै आएको बैंकले जनउत्तरदायी भूमिका निर्वाह गर्दै मुद्यती निक्षेप रकमको १० गुणा रकम दिईने योजना ल्याएको हो ।
अब मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने
यसैबीच एनआईसी एशिया बैंकले नगद रकम जम्मा गर्नका लागि बैंकमा भौतिक रुपमा फाराम नभरी, लाईन लाग्ने बाध्यताबाट मुक्त भई खाता नम्बरको आधारमा मेसिनबाट रकम जम्मा गर्न सकिने सुविधा ल्याएको छ ।
यो सुविधा ल्याएपछि अब नगद जम्मा अर्थात क्यास डिपोजिट सेवाका लागि ग्राहकले बैंकमा रहेको आफ्नो खाता वा अन्य खातामा नगद जम्मा गर्न सक्नेछन् ।
मेसिनबाट एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरु मात्रै जम्मा गर्न सकिने भएको छ । एक पटकमा एउटा खातामा बढीमा ९९ हजार ५०० तथा दैनिक बढीमा ९ लाख ९९ हजार ५०० रुपैयाँ जम्मा गर्न सकिने छ ।

ग्रहकले जम्मा गर्न चाहेको रकम मेसिनमा खाता नम्बर राखेपछि मोबाईल नम्बरमा संकेत कोड आउने र सो कोडलाई मेसिनमा राखेपछि इच्छाएको रकम खातामा तत्काल जम्मा हुनेछ । त्यसपछि रकम जम्मा भएको एसएमएस तुरुन्त पाईने सुविधा रहेको जनाएको छ ।
तत्कालका लागि बैंकले यो सेवा काठमाडौं न्यूरोडस्थित बिशालबजार शाखाबाट संचालनमा ल्याएको छ । यो सुविधाले ग्राहक भौतिक रुपमा फाराम भरेर काउन्टरमा लाईन लागेर उभिनुपर्ने अवस्थाबाट छुट्कारा पाईने अपेक्षा बढेको छ ।
योसंगै बैंकले मेसिनबाट रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाईकलर मेसिनको सेवा पनि शुरु गरिसकेको जनाएको छ । यी सेवाहरु निकट भविश्यमा देशका अन्य क्षेत्रमा पनि बिस्तार गरिने भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




