आँखुखोला जलविद्युतकाे नाफामा बृद्धि, इपिएस कति ?

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १५ साउन । आँखुखोला जलविद्युतकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिकाेभन्दा कम्पनीको नाफामा बृद्धि भएकाे हाे ।

गत असार मसान्तसम्म कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकाेभन्दा २२५८.६५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १० लाख ५२ हजार रुपैयाँ रहेकाे थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीमा १५.१९ प्रतिशतले बढेर २२ करोड २९ लाख रुपैयाँ भएकाे छ। कुल नाफामा ११.६८ प्रतिशतले बृद्धि भएकाे छ । सञ्चालन मुनाफामा १५.०२ प्रतिशतले बढेको देखिन्छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ। चुक्ता पूँजी ८० करोड रहेको छ ।जगेडा कोष २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक भएकाे छ