दशौं वार्षिकोत्सवमा एनआईबिएल एस क्यापिटलको विभिन्न सेवामा छुट योजना

-



     सफल आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ साउन । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले स्थापनाको १० वर्ष पूरा भएको अवसरमा विभिन्न छुट योजना ल्याएको छ।

यी सेवामा डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नवीकरण,  रु १० मा मार्केट एक्सपर्ट, व्यवस्थित लगानी योजना एसआईपीको धन्यवाद अफर अन्तर्गत १० जना विजेतालाई १० हजार रुपैयाँका दरले प्रदान गरिने तथा एसआईपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने लगायत रहेका कम्पनीले जनाएको छ।

मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको र यो अवधिमा १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको कम्पनीले बताएको छ । संस्था क्याप्टिल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत रहेको बुझिएको छ ।