
काठमाडौं, १५ साउन । अर्थमन्त्री पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई पुनः पदबहाली गर्ने कुरा बाहिर आएकै दिन सेयर बजारमा पुनः उछाल आएको छ । नेप्सेले अर्धशतक पार गरेको छ ।
अर्थमन्त्रालयमा सरोकार नराख्ने मानिसलाई प्रवेश गराएको आरोप लागेपछि नैतिक रुपमा पदबाट राजिनामा दिएका जनार्दन शर्मालाई संसदीय छानबिन समितिले सफाई दिएपछि शर्मालाई अर्थमन्त्रीमा पुन: सपथ ग्रहण गराउने कुरा बाहिरीएकै दिन आज सेयर बजारमा उछाल आएको हो ।
साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारमा एउटा उपसमूहबाहेक सबैमा हरियो भएका छन् । नेप्सेको अर्धशतक पारसंगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिरसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा चढेको छ । नेप्सेमा २.५५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.७२ अंकले बढेर ४१९.२० विन्दुमा पुगेको छ ।


कुल २२० कम्पनीको सेयर कारोबार भएको छ । १ करोड १३ लाख ३० हजार ४७६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ वटा उपसमूहमध्ये एउटा बाहेक सबैमा हरियाे लागेकाे छ। कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको २१ करोड ३४ लाख १६ हजार ८६० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




