सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने, यस्ताे छ स्वाप रेसियाे 

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १६ साउन । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ। दुई बैंकका मर्जर कमिटिकाे बैठक बसेर मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्नेगरी सहमझदारी गरेका छन् । दुबै बैक गाभिएपछि प्रभु बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन सिइओ बन्ने भएका छन् । सेन्चुरी बैकका मनोज न्यौपाने डेपुटी सीईओ बन्नेछन् । बैंक संचालक समितिमा ४ जना प्रभु र ३ जना सेञ्चुरी बैंकबाट रहने छन्।

सेन्चुरी गाभिएपछि पनि बैंकको नाम प्रभु बैंक लिमिटेड नै कायम रहने समेत बताइएकाे छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा पुससम्म मर्जरको एकिकृत काराेबार गर्ने बैंक तथा वित्तीय संस्थाले छुट र अन्य सुविधाहरु पाउने भनेकाे छ । साेहि सुविधाकाे कारण प्रभु र सेन्चुरी बैंकले मर्जरकाे कामलाइ अगाडी बढाएका हुन्।

माैद्रिक नीतिले दिएकाे सुविधालाइ मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूले साेहि अनुरूप कार्य सम्पादनमा ध्यान लगाएका छन् ।