नेशनल माइक्रोफाइनान्सको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर बिक्रीमा,यस्ताे छ आवेदन प्रकिया

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




काठमाडौं, १६ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री खुला भएको छ। संस्थाले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला गरेको हो।

नेशनल माइक्रोफाइनान्सका अनुसार प्रतिकित्ता न्यूनतम ७५० रुपैयाँ तोकिएको संस्थापक सेयरका लागि सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

यसका लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडबाट बोलपत्र आवेदन प्राप्त गर्न सकिने र एउटा व्यक्ति वा कम्पनीले सेयर खरिदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिन पाइनेछ ।

इच्छुक खरिदकर्ताले न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन दिन सक्ने र बोलपत्र आगामी साउन २२ गते अपराह्न ३ बजेभित्र एनआईबिएल एस क्यापिटल लिमिटेडमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।