१ अर्बको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । महालक्ष्मी विकास बैंककाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएकाे छ ।

साे ऋणपत्र १ अर्ब रुपैंया मूल्य बराबरको १० लाख कित्ता रहेकाे छ । दश वर्ष अवधिकाे लागि प्रति ऋणपत्र १ हजारकाे दरले बिक्री गरिने भएकाे हाे । यसैकाे प्रयाेजनका लागि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएकाे हाे ।

सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाण्डौमा एक समाराेहबीच महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटलबीच सम्झौता गरिएकाे छ । सम्झौतामा वार्षिक ११ प्रतिशत ब्याजदर रहने उल्लेख छ । अहिले यसकाे तयारी गरिँदै छ भने आवश्यक गृहकार्य सकिएपछि ऋणपत्र निष्कासन तथा बिक्री गरिने भएकाे छ ।

कुल ऋणपत्रबाट ६० करोड रूपैयाँ रकम बराबरको ऋणपत्र व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । ४० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि रहेकाे छ । बैंकले देशका १०३ वटा शाखाहरुबाट ६ लाख ग्राहकलाइ सेवा दिइरहेकाे छ ।

काे प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ तथा सुदुरपश्चिममा १७ शाखाहरुबाट सेवा प्रवाह गरिरहेकाे छ ।