पाँचथर पावरकाे नाफा १६ करोड १० लाख, इपिएस कति ?

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड १० लाख रुपैयाँ नाफा कमाएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले नाफामा बृद्धि गरेकाे देखिएकाे छ।

गएकाे असार मसान्तसम्म कम्पनीले कमाएकाे १६ करोड १० लाख रुपैयाँ नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३२८.६७ प्रतिशत बढी हाे । अघिल्लो आर्थिक वर्ष कम्पनीकाे नाफा रु ३ करोड ७५ लाख रहेकाे थियो।

कम्पनीले विजुली बिक्रीकाे आम्दानी बढाएसँगै खुद नाफामा बृद्धि भएकाे हाे । कम्पनीको विद्युत बिक्री आम्दानी २६.४९ प्रतिशतले बढेकाे छ । जाे ४० करोड ३० लाख रुपैयाँ रहेकाे छ। कुल नाफा ३७.६८ प्रतिशतले बढ्दा अन्य आम्दानी ४२९.६३ प्रतिशतले बढेको पाइएकाे छ।

कम्पनीको प्रतिसेयर आम्दानी आम्दानी १२ रुपैयाँ ८३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १७.२ गुणा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ५ पैसा रहेको छ। कम्पनीकाे चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेकाे छ भने जगेडा कोषमा ११ करोड ६० लाख रुपैयाँ रहेको छ।