बढ्यो सुनको भाउ, चाँदीको स्थिर रहि कारोबार हुँदै

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाल सुन यसदिन रुपैयाँ २०० ले बढेको छ । चाँदी सोमबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९५ हजार ६०० पुगेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९४ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहि तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी सोहि भाउमा कारोबार भएको थियो ।