
काठमाडौं, १७ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले केही दिनअघि रोक्का गरेको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट खुल्ला गरेकाे छ ।
नेप्सेलेआज मंगलबारबाट उक्त कम्पनीको रोक्का गरिएको सेयर कारोबार खुल्ला गरिदिएको हो । गत साउन १४ गते नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै उक्त कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको थियो ।
कारोबार रोक्कापछि नेप्सेले सेयरधनीलाई उपलब्ध गराउने भनेको हकप्रद सेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको थियो । यो गतिविधिले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई सेयर मूल्यमा प्रभाव पारेको देखिन आएको नेप्सेको ठहर थियो ।
हिजो साउन १५ गते उक्त कम्पनीले गत साउन १३ गते ११ बजे नेप्सेको कारोबार समयमा सञ्चालक समितिको बैठक बस्नु कमजोरी भएको र आइन्दा यसो नगर्ने प्रतिबद्धतासहितको व्यहोरा नेप्सेमा पठाएको थियो । पत्रमा कम्पनीले शेयर दाखिल खारेज बन्द (बूक क्लोजर) मिति २०७९/०४/१९ मा तोकी सोको जानकारीसमेत नेप्सेमा समयमै दिन नसक्नुमा लेखाईमा त्रुटि भएको अनुरोध गरेको नेप्सेले जनाएको छ ।
त्यसै पत्रका आधारमा अब आइन्दा यसो नगर्न सुझाउँदै आज १७ गते मंगलबारबाट धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरिदिएको नेप्सेले जनाएको छ । ‘कम्पनीलाई पुन: ‘ शेयर दाखिल खारेज बन्द (बूक क्लोजर) मिति तोकी पठाउन निर्देशन दिँदै आइन्दा यस्ता प्रकारका त्रुटि नगर्न सचेत गराउँदै मिति २०७९/०४/१६ को निर्णय अनुसार उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७९/०४/१७ गतेबाट फुकुवा गरिएको व्यहोरा अनुरोध छ’, पत्रमा भनिएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



