
काठमाडौं, १७ साउन । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म उल्लेख्य रुपमा घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त अवधिसम्म कम्पनीको नाफामा अघिल्लो वर्षको तुलनामा २६.४३ प्रतिशतले कमी आएको देखिएको छ ।
समीक्षा अवधिमा समता लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा रुपैयाँ खुद ब्याज आम्दानी ९.६८ प्रतिशतले बढाएर २२ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको खुद ब्याज आम्दानी रकम २० करोड ४९ लाख रुपैयाँ मात्र रहेको थियो।
सार्वजनिक गरिएको वित्तीय विवरणमा उक्त अवधिमा लघुवित्तले ७ करोड ९७ लाख २६ हजार ६६० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म उक्त संस्थाले १० करोड ८३ लाख ६१ हजार ३४० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको नाफा २ करोड ८६ लाख ३४ हजार ६८० रुपैयाँले कमी आएको देखिन्छ ।
समग्र नाफामा की आए पनि उक्त अवधिमा संस्थाको सञ्चालन मुनाफामा भने ९३.१३ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १५ लाख ५७ हजार ८५० रहेकामा एक वर्षमा उक्त आँकडा बढेर ४ करोड १६ लाख ३२ हजार ६३० रुपैयाँमा पुगेको छ ।
समीक्षा अवधिमा संस्थाको प्रति शेयर आम्दानी २३.२६ तथा प्रति सेयर नेटवर्थ १५४.४९ रहेको छ । यसका साथै तरलता अनुपात ४.४८ तथा मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो भने ३४.३५ रहेको विवरणमा उल्लेख छ।
उक्त अवधिमा लघुवित्तले १ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले १ अर्ब ४० करोड रुपैयाँ सापटी लिएर २ अर्ब ७१ करोड रुपैयाँ मात्र कर्जा परिचालन गर्न सकेको थियो।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



