श्वेतगंगा हाइड्रोपावरको सेयर आज बिहान ९ वजे बाँडफाँड हुँदै

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १८ साउन । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर आज बिहान ९ वजे बाँफाँड हुँदैछ । साे सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागिएकाे हो।

कम्पनीले साउन ४ गतेदेखि प्रतिसेयर रू १०० अंकित दरमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुने २३ लाख ८९ हजार ५०० कित्ता सेयर गरेको थियाे ।

निष्काशन गरिएको कुल सेयरबाट ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गर्न लागिएकाे हाे ।

सेयरमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन परेकोले गोलप्रथाद्वारा १० कित्ताको दरले बाँडफाँड हुँदैछ। २ लाख २७ हजार २ जनाले सेयर पाउने भएका छन्र भने बाँकीकाे हात रित्तै हुनेछ।