चिनियाँ अदालतकाे निर्णयसँगै हिमालयन र बैंक अफ काठमाण्डूले १० वर्षपछि डेढ अर्ब रकम फिर्ता पाउने

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १८ साउन । चीनमा मुद्दा जितेसँगै हिमालयन बैंक र बैंक अफ काठमाण्डूले करिब १० वर्षपछि डेढ अर्ब बढी रकम फिर्ता पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना जमानतकाे ६६.२५ लाख अमेरिकी डलर फिर्ता हुने भएकाे हाे । हिमालयन बैंककाे करिब १ अर्ब र बैंक अफ काठमाण्डूकाे करिब ७० करोड फिर्ता हुनेछ।

दुबै बैंकले १० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा डुबेकाे रकमकाे बारे दायर गरिएकाे मुद्दा जितेपछि साे फसेकाे डेढ अर्ब रकम वापस पाउने भएका हुन ।शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा रकम फिर्ता गर्ने फैसला सुनाएपछि चाइना कन्स्ट्रक्सन बैंकले नेपाली दुवै बैंकको रकम फिर्ता गर्नुपर्ने भएकाे हाे।

मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा चाइना रेल्वेकाकाे पक्षबाट चाइना कन्स्ट्रक्सन बैंकले नेपालकाे हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।

नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले साे बैंक ग्यारेन्टी वापतकाे रकम फिर्ता गरेकाे थिएन। अदालतको रकम फिर्ताकाे निर्णयले अब दुबै नेपाली बैंककाे लागि रकम फिर्ता हुने बाटाे खुलेकाे हाे ।