रू २६ करोड ७९ लाख बढीकाे हकप्रद सेयर निष्कासन गर्दै बरूण हाइड्राेपावर

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १८ साउन । बरुण हाइड्रोपावरले भदौ ६ गतेबाट २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएको छ। कम्पनीले १ कित्ता बराबर नयाँ १ काे रेसियाेमा हकप्रद सेयर निष्काशन गर्ने भएकाे हो।

कम्पनीले रू १०० अंकित मूल्यमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हकप्रद सेयरका लागि भदौ २६ गतेसम्म आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरूबाट आवेदन दिन पाइने भएकाे छ। यस्तै सेबाेनबाट सिआश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर पेज र एप्सबाट पनि आवेदन दिन सकिने छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ भने यसकाे वित्तीय दायित्व पुरा गर्नका लागि मध्यम जोखिमकाे संकेत गरेकाे भन्ने हाे ।

कम्पनिकाे हाल रू २६ करोड ७९ लाख ७ हजार ५०० चुक्ता पूँजी रहेकाे छ । हकप्रद सेयर निष्काशन भएपछि याे रकम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।