२ अर्बकाे ‘एभरेष्ट बैंक ऋणपत्र-२०८५’ मा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । एभरेष्ट बैंककाे २ अर्ब बराबरको ऋणपत्र बिक्रीका लागि आजदेखि आवेदन खुल्ला गरिएकाे छ। 

बैंकले ६ वर्ष अवधिकाे ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामकाे ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । याे सेयरबाट लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। 

१ हजार अंकित मूल्यकाे २० लाख इकाइकाे बिक्री खुल्ला गरिएकाे हो। यसबाट १२ लाख इकाइ व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे भने बाँकी रहने ८ लाख इकाइ सर्वसाधारणका लागि रहेकाे छ । ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएकाेले सर्वसाधारणले ७ लाख ६० हजार इकाइका लागि आवेदन दिन पाउने भएका छन्। 

ऋणपत्रमा घटीमा २५ र बढीमा १ लाख इकाइका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाउनेछन्। यसका साथै मेरो सेयर अनलाइन र एप्सबाट पनि आवेदन दिन पाइनेछ। 

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे अवधिमा माग गरेअनुसारकाे आवेदन पेश नभएकाे खण्डमा ढीलाेमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ ।