राष्ट्र बैंकले दिएको ग्रेस अवधि थपकाे सुविधा हट्यो

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण उद्योग वा परियोजना निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको खण्डमा ग्रेस अवधि थप गर्न सकिने सुविधा हटाएको छ ।

राष्ट्र बैंकले आज बुधबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को संशोधन जारी गर्दै यस्तो प्रावधान खारेज गरेको हो ।

विगतमा कोभिड-१९ का कारणले विगतमा कायम गरिएको ग्रेस अवधि भित्र उद्योग वा परियोजना निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको अवस्थामा निर्माण सम्पन्न हुन/सञ्चालनमा आउन लाग्ने थप समय यकिन गरी ग्राहकको अनुरोधमा ग्रेस अवधि थप गर्न सकिने प्रावधानरहेकोमा हालको संशोधनमा हटाइएको हो ।