
काठमाडाैं, १९ साउन । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ। संस्थाले १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षकोभन्दा खुद नाफामा बृद्धि भएकाे हाे ।
संस्थाले असार मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाे। यो नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा १९.१४ प्रतिशतले बढी पाइएकाे छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा रू १२ करोड ६० लाख थियो।
इन्फिनिटीकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बृद्धि भएसँगै खुद नाफा बढेकाे हो। संस्थाकाे खुद ब्याज आम्दानी २५.८१ प्रतिशतले, सञ्चालन आम्दानी ३५.०३ प्रतिशतले र सञ्चालन मुनाफा १५.८४ प्रतिशतले बढेको पाइएकाे छ।
लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर ३६ रुपैयाँ २४ पैसामा भएकाे छ। मूल्य आम्दानी रेसियाे २७.९८ गुणा हुँदा प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ।
संस्थाकाे चुक्ता पूँजी रू ४१ करोड ४५ लाख र जगेडा कोषमा रू २४ करोड ५४ लाख रुपैयाँ रहेकाे छ। सापटी १३.०८ प्रतिशत रहेकाे छ भने निक्षेपमा ६१.८८ प्रतिशत र कर्जामा ५३.९५ प्रतिशतले बृद्धि भएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




