
काठमाडौं, १९ साउन । साताको सुनचाँदी कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा सुनकाे बढ्ने र चाँदीकाे स्थिर रहेको छ । यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ ८०० ले बढेको छ भने चाँदी बुधबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन छापावाल सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन तोलाको ९५ हजार ६०० रुपैयाँ कायम भई कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार २१० रुपैयाँमा नै कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




