गहुँ र चिनी आयातका लागि सरकारले गर्‍यो आवेदन माग

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ साउन । सरकारले गहुँ र चिनी आयात गर्न व्यवसायीलाई आवेदन दिन सूचना प्रकाशन गरेकाे छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबार सूचना प्रकाशित गरेर छिमेकी देश भारतबाट गहुँ र चिनी आयात गर्नका लागि व्यवसायीलाई आवेदन पेश गर्न सूचना जारी गरेकाे हाे । इच्छुक खरिदकर्ताले साउन २८ गतेसम्म मन्त्रालयमा पुग्ने गरी ईमेलबाट आवेदन दिन आव्हान गरिएकाे छ। 

रसिया यूक्रेनबीच युद्ध चलेकाे बेला भारतले नेपाल लगायतका धेरै देशमा गहुँकाे निर्यातमा राेक लगाएकाे थियाे । तर भारत सरकारले चीनमा निर्यातका लागि विशेष स्वीकृति चाहिने जनाएको छ।

आवेदन दिन चाहनेले फरक फरक आवेदन दिनुपर्ने भएकाे छ । चीनी र गहुँका लागि मन्त्रालयको वेबसाइटमा गएर छुट्टाछुट्टै फारम भरेर पठाउनु पर्नेछ।

आवेदकले उद्योगव्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताकाे प्रमाणपत्र, आयात/निर्यात इजाजतपत्र र क्वारेन्टिनलगायतका आवश्यक कागजात र इजाजतपत्र नोटरी प्रमाणित गरेर पठाउनुपर्ने जनाइएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेकाे सूचना