
काठमाडौं, २० साउन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताएका छन्र ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको ‘पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा रहेका समस्या समाधान गर्दै लगानीकर्ताको लगानी सुरक्षा गर्नुपर्ने बताए ।
धितोपत्र बजारमा लगानीका अन्य उपकरणको कारोबार सहज बनाइने उल्लेख गर्दै उनले बजारमा रियल सेक्टरलाई यसै वर्षबाट पूँजी बजारमा भित्र्याइने जानकारी दिए।
स्वच्छ र पारदर्शीरूपमा बुक बिल्डिङ सुरु हुने
अध्यक्ष हमालले स्वच्छ, पारदर्शी र निष्पक्षरूपमा बुक बिल्डिङको प्रक्रिया अगाडि बढ्ने बताए । यसअघिका कमीकमजोरी नदोहोरिने र बुक बिल्डिङलाई सेफ ल्याण्डिङ गराउने उनको भनाइ थियो । प्रविधिको उच्चतम प्रयोग गर्दै धितोपत्र बजारलाई थप मजबुद बनाउन बोर्ड लागि पर्ने उनले बताए ।
नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक नीरञ्जन फुँयालले पूँजी बजारलाई सययअनुसार थप व्यवस्थित बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताए। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पूँजी बजारको विकासले अर्थतन्त्रमा पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै उत्पादनमा यसलाई जोड्नुपर्ने बताए ।
पूँजीको सही व्यवस्थापन गर्न सक्ने साक्षर लगानीकर्ताको पूँजी बजारमा संलग्नता हुन सके मात्र धितोपत्र बजारको विकास दिगो हुने उनको भनाइ थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




