सुन तोलाकाे ९६ हजार ८०० पुग्यो, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० साउन । साताको सुनचाँदीको काराबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।यसदिन छापावाल सुन तोलामा रुपैयाँ ७०० तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार आजका लागि छापावाल सुनमा रुपैयाँ ७०० ले बढेर तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहको जनाएको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७०० ले बृद्धि भएर तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९५ हजार ६०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार २१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।