
काठमाडौं, २१ साउन । नेपाल बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफा १० प्रतिशतले बढेकाे छ । तर बैंककाे नाफामा बृद्धि भएपनि लाभांश बहन गर्ने शक्तिमा कमि देखिएकाे छ ।
बैंकले गत आर्थिक वर्षकाे असार मसान्तसम्ममा रु ३ अर्ब २६ करोड नाफा कमाएको छ। याे नाफा १०.२९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेकाे थियाे ।
बैंकको नाफा बढेकाे भएपनि जगेडामा ६१ करोड रुपैयाँ राखिएकाे कारण वितरणयोग्य नाफा ५५ प्रतिशतले घटेको देखिएकाे छ। खुद ब्याज आम्दानी ७ प्रतिशतले बढ्दा सञ्चालन आम्दानी गएकाे वर्षकाेभन्दा घटेकाे छ। बैंककाे निक्षेप संकलन २०.४२ प्रतिशतले र कर्जा लगानीमा २०.८६ प्रतिशतले बढेकाे छ।
बैंकको चुक्ता पूँजी १४ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २४८.४२ रुपैयाँ रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




