
काठमाडौं, २२ साउन । अभियान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
संस्थाले साउन १८ गतेबाट ९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएकाे थियाे । घुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे ९ लाख ७५ हजार कित्ता निष्काशन गरेकाे हो।
कुल ९ लाख ७५ हजार कित्ता सेयरबाट १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। बाँकी रहेकाे ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। उनीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । साथै मेरोसेयरकेा वेब पेज र एप्सबाट आवेदन दिन सकिनेछ ।
इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएकाे छ। याे भनेकाे संस्थाले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने बारेमा मध्यम जोखिम रहेको संकेत भन्ने हाे ।
लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेकाे छ। आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्ने भएकाे छ।
सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




