
काठमाडौं २२ साउन । पिपुल्स पावरले साउन ३१ गतेदेखि २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि अहिले सर्वसाधारण जनताका लागि सेयर बिक्री गर्न लागेकाे हाे ।
साे सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले घटिमा १० तथा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन्। यसका लागि भदाै ५ गतेसम्म म्याद ताेकिएकाे छ । ताेकिएकाे म्यादसम्म मागे अनुसारकाे आवेदन पेश नभएकाे खण्डमा ढीलाेमा भदाै १४ गतेसम्म आवेदन पेश गर्न सकिने छ ।
केयर रेटिङ्ग नेपाले पिपुल्स पावरलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा औषत जोखिममा रहेको छ भन्ने संकेत हाे ।
सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्वा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने छन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




