आईतबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ ।

विश्व बजारमा हुने भाउको गिरावट तथा आर्थिक तरलता, क्रय शक्तिको ह्रास र बिश्वजारमा भईरहेको कच्चा तेलको गिर्दो दरभाउ लागतयका आर्थिक गतिविधिले यसलाई पनि प्रभाव पार्ने गरेको छ ।

अघिल्लो शुक्रबार भएकाे साताको अन्तिम कारोबार भन्दा यसदिन सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भईरहेको छ । शक्रबार चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।