
काठमाडौं, २२ साउन । एशियन लाइफ इन्स्योरेन्सले ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँ लाभांश वितरणकाे प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले साे निर्णय गरेकाे हाे ।
घाेषणा गरिएकाे लाभांश वितरणकाे प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएपछि कम्पनीकाे आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।
बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चितिमा रहेकाे नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँको १५.२६ प्रतिशतले हुने ३८ करोड ७६ लाख ५९ हजार २६ रुपैयाँ बराबर लाभांश प्रस्ताव शुक्रबारकाे बैठकले गरेको हाे ।
सञ्चालक समितिले प्रस्ताव गरेकाे १४.५० प्रतिशत बाेनस सेयर तथा त्यसकाे कर प्रयाेजनका लागि ०.७६ प्रतिशत नगद लाभांशसहित १५.२६ प्रतिशत लाभांश वितरण गरिने भएकाे हाे ।
बाेनस बापतकाे ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ तथा त्यसकाे कर प्रयोजनका लागि १ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ बराबरको नगद लाभांश रहेकाे छ ।
नाफामा सामान्य सुधार गरेकाे ज्योति लाइफले लाभांश वितरण नगर्ने
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ काे लाभांश वितरण नगर्ने जनाएकाे छ।
शुक्रबार बसेकाे सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेर स्वीकृतिका गराउनका लागि फाइल बीमा समितिमा पठाउने निर्णय गरेको छ।
यसैबीच, ज्योति विकास बैंकले नाफामा सामान्य सुधार गरेकाे जनाएकाे छ । बैंककाे नाफामा ४.८६ प्रतिशतले बढेकाे छ । याे नाफा ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्ताे नाफा ६६ करोड ३८ लाख रुपैयाँ रहेकाे थियो । वितरणयोग्य नाफा ४१.४६ प्रतिशतले घटेर ३५ करोड ३० लाख रुपैयाँमा कायम भएकाे छ । अघिल्लो वर्ष याे रकम रु ६० करोड ३० लाख रहेकाे थियो ।
बैंकको खुद ब्याज आम्दानी २३.२३ प्रतिशतले र सञ्चालन नाफामा ५.५० प्रतिशतले बृद्धि भएकाे छ । खराब कर्जा बढेर १.४२ प्रतिशत भएको छ । यसअघि याे ०.८४ प्रतिशत रहेकाे थियाे ।
प्रतिसेयर आम्दानी घटेर १६ रुपैयाँ ४४ पैसा भएकाे छ । यसमा २ रुपैयाँ ८५ पैसाले घटेकाे हाे । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




