
पोखरा, २२ साउन । गण्डकी प्रदेशकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महासधवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका आकांक्षि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा शुरु गर्न थालेका छन् ।
आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकालकाे अनुभव बटुलि सकेका युवा उम्मेदवार अर्जुन पोखरेलले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्दै व्यावसायीक हकहितका लागि र संघलाई “साझा घर” बनाउने ८ बुदे प्रतिबद्धता व्यक्त गरे ।
मेरो उम्मेदवारी कुनै प्रकारको बार्गेनिङ गर्नका लागि होईन । म मेरो उम्मेदवारी घोषणाबाट पछि पनि हट्दिन । पोखरेलले भने, म सदस्यदेखि अपग्रेड हुँदै आएको मान्छे भएकोले मलाई संघका सबै खालका गतिविधिहरुको बारेमा थाहा छ । राम्रा कामको र कमजोरीहरुको पनि ज्ञान छ । मलाई ति समस्याहरुको समाधान गर्ने हुटुहटि जागेको छ र म सक्छु पनि।
मलाई संघको स्थापनादेखि अग्रजले यहाँसम्म आउनका लागि खेलेको भूमिका गर्विलो लागेकाे र सधैका लागि यादगार भइरहने छ । अग्रजलाई ससम्मान अभिभावक संस्थाका रुपमा पुनःस्थापित गर्दै संघको जिम्मेवारी नयाँ पुस्ताले बहन गर्ने दायित्व काँधमा आएको महशसु भएको छ, पाेखरेलले भने ।
संघलाई “साझा घर”को रुपमा विकास गर्ने
पोखरालाई आधुनिक व्यवस्थित शहर बनाउन र पोखरेलीको “साझा घर”को रुपमा विकास गर्न संघलाई समुदायसंग जोडेर अभियान चलाईने पोखरेलको प्रतिवद्धता रहेको छ ।
पोखरेलले आफ्नो कार्यकालमा संघको भवनलाई पुनःनिर्माण गर्ने, बहुउदेश्यीय बनाउने, व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने, दुईवटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय उनको कार्ययोजनामा रहेको छ ।
नागरिकसंग झन् नजिक हुने
संघीय संरचनापछि संघको भूमिका घट्दै गएको गुनासो आईरहेकोले नागरिकसंग झन् नजिक हुनका लागि सरकार र नागरिक बीचको दूरीलाई घटाउन पूलको रुपमा काम गर्ने लक्ष्य रहेको पोखरेलले बताए ।
हामीलाई उद्योग व्यवसायीको हकहितको लागि पहिलो काम गर्नुपर्ने दायित्व रहिरहेको छ । व्यवसाय गर्नका लागि उचित वातावरणको खोजि, अधिकार रक्षा, राज्यले दिनुपर्ने सुविधा, लगानीको सुरक्षा, नयाँ लगानीका लागि प्रोत्साहनका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
पोखरेलले संघ अन्तर्गत स्थानिय व्यापार इक्युवेसन सेन्टरको स्थापना गर्ने, साना तथा मझौला उद्योग व्यवसायका लागि प्रत्यक्ष सहयोग गर्ने, विजनेस मेन्टरिङ सेवा प्रदान गर्ने, पर्यटकलाई आकर्षित गर्नका लागि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता गरे ।
“पोखरा लगानी सम्मेलन” गर्ने
अध्यक्षका प्रत्यासि पोखरेलले दुई वर्षे कार्यकालमा प्रदेश तथा स्थानिय सरकारहरुसंग समन्वय गरेर “पोखरा लगानी सम्मेलन” गर्ने योजना बनाएको बताए । उनले यसबाट विदेशी लगानी ल्याउन र स्थानिय लगानीकर्तालाई लगानीका लागि प्रेरणा मिल्ने उल्लेख गरे ।
अन्तराष्ट्रिय सम्बन्ध र साझेदारिका कार्य गर्ने
पोखरेलले आफ्नाे योजनामा अन्य देशका चेम्बर अफ कमर्ससंग त्रिपक्षीय सम्बन्धको विकास गर्ने, प्राविधिक ज्ञान आदान प्रदान गर्ने, नयाँ व्यापारका अवसरहरुको खोजि गर्ने र साझेदारिका कार्य गर्ने बताए ।
सांस्कृतिक मूल्य र परम्पराको आदान प्रदान महत्वपूर्ण रहेकोले यसतर्फ सचेत रहेको बताउँदै नयाँ साझेदारिका अवसरहरुको खोजिको लागि सदस्यहरुलाई बैदेशिक भ्रमणमा पठाउने योजना रहेको सुनाए ।
पोखरा महानगरपालिका, युवा उद्यमी मञ्च, लेखनाथ उद्योग वाणिव्य संघ, सिएनआइ, एफएनसिसिआई, एफएनसिएसआई र अन्य संस्थाहरुसंगको सहकार्यलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते पाेखरामा हुने हुने मिति तय भइसकेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




