
काठमाडौं, २२ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । तेह्र उपसमूहमध्ये जीवन बीमामा मात्रै रातो लागेको छ ।
जीवन बीमा समूहको सेयर घटेको छ भने बाँकी १२ उपसमूहको सेयरमा हरियो लागेको छ । सबैको सेयर बढेको छ । कारोबार रकम सन्तोषजनक रहेको छ भने लगानीकर्तामा सेयर बजार सकारात्मक लयमा जाँदा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.११ अंकले बढेर ४०९.५६ विन्दुमा पुगेको छ ।

कुल २१९ कम्पनीहरुको सेयर कारोबार भएको छ । ६१ लाख ६ हजार ५२१ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये १२ वटामा हरियो लागेको छ र उनीहरु सबैको सेयरमूल्य बढेको छ । बाँकी रहेको जीवन बीमा उपसमूहको सेयरमूल्य भने घटेको छ । यो समूहको ४.५५ अंकले घटेको छ ।
यसदिन बैंकिङतर्फ ०.२२ अंकले, व्यापारतर्फ ३८.०२ अंकले होटल तथा पर्यटनतर्फ ६०.७४ अंकले बढेको छ । विकास बैंकतर्फ ५२.४४ अंकले, हाईड्रोपावरतर्फ २६.२२ अंकले र नीर्जिवन बीमातर्फ ०.७५ अंकले बढेको छ ।
उत्पादनतर्फ २ं७४ अंकले बढेको छ । अन्यतर्फ २२.५७ अंकले, माइक्रोफाइनान्सतर्फ २७.८८ अंकले, म्युचुअल फण्ड स्थिर रहेको छ भने लगानीतर्फ ०.२७ अंकले बृद्धि भएको छ ।

काराबारको आधारमा लगातार शिवम सिमेन्ट अगाडी आईरहेको छ । अघिल्लो सातादेखिनै अगाडी रहेको शिवम् सिमेन्टको कारोबार आजका मितिसम्म कायमै रहेको छ । आज कम्पनीको १३ करोड ८९ लाख ८२ हजार १६३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९० रूपैयाँ १० पैसा पुगेकाे छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ३.४८ प्रतिशतले घटेर ९ सय १५ रूपैयाँमा झरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




