
काठमाडौं, २३ साउन । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमान अनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो ।
जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा साउन १ गते देखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र बढाइएको थियो ।
साउन महिनाको तेस्रो हप्ता लागिसकेकाले सरकारी कार्यालयहरुले तलब धमाधम पठाउने तयारी गरेका छन्। सरकारले १५ प्रतिशत मात्रै तलब वृद्धि गरे पनि निजामती सेवाका शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरुको भने २४ प्रतिशतसम्म बढी तलब वृद्धि हुने भएको छ।
अघिल्लो महिनासम्म ३७ हजार ९९० तलब पाएका अधिकृतहरुले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने भएका छन्। जबकि १५ प्रतिशतले मात्रै बढ्दा उनीहरुले ४३ हजार ६८९ तलब पाउने अवस्था थियो। यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि भएको छ। अधिकृतहरुले थप ३५ सय १९ रुपैयाँ तलब पाउने भएका छन्।
त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ दुई सय ७९ पुगेको छ। जबकि बजेट भाषणमा भनेअनुसार मात्रै तलब वृद्धि भएको भएको उपसचिवले ४८ हजार ७ ३७ रुपैयाँ पाउने थिए। सहसचिवको तलब पनि ४९ हजार ३८० बाट बढेर ६१ हजार ०५० पुगेको छ। १५ बढ्दा ५६ हजार ७७८ तलब पाउने सहसचिवहरुले अब २३.६ प्रतिशत बढी पाउने भएका छन्।
त्यसै गरी सचिवको तलब पनि यो वर्ष ११ हजार पाँच सय ४१ ले वृद्धि भएको छ। ६२ हजार १४० तलब पाउँदै आएका सचिवहरुले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रुपैयाँ पाउने भए पनि अब १८.४ प्रतिशतले वृद्धि हुँदा ७४ हजार २२१ पाउने भएका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेटमा घोषणा गरेभन्दा बढी हुने गरी तलब वृद्धिका लागि स्वीकृति दिएको छ। यसले राज्य कोषमाथि थप करोडौँ रुपैयाँ भार थप्नेछ।
बजेटमा भनेअनुसार १५ प्रतिशत मात्रै वृद्धि गरेर तलब वृद्धिका लागि अर्थले स्वीकृति दिइसकेको अवस्थामा संसदीय समितिमार्फत चलखेल गरेर तलबको नयाँ रोष्टर स्वीकृत गराइएको हो। कर्मचारीहरुले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन हुँदा बजेट भाषणमा उल्लेख भए भन्दा बढी तलब वृद्धि गर्न अर्थ मन्त्रालय तयार भएको हो।
अन्य सरकारी सेवामा रहेका कर्मचारीको भन्दा निजामिततर्फका कर्मचारीको वरियता माथि हुने भए पनि कम तलब पाउँदै आएका थिए। वरियता माथि हुने तर तलब कम हुँदा कर्मचारीहरुमा असन्तुष्टि थियो। जसले कतिपय अवस्थामा चेन अफ कमाण्ड कायम गर्न मुस्किल हुने गरेको गुनासो कर्मचारीले व्यक्त गर्दै आएका थिए।
विशेष गरी सुरक्षा निकायका अधिकारीहरु वरियता निजामति भन्दा तलब हुने भए पनि उनीहरुको तलब बढी हुने गरेको थियो।
त्यस्तै संस्थानतर्फका कर्मचारीहरुले पनि निजामतितर्फका भन्दा बढी तलब पाउने गरेका थिए।
वरियता नायव सुब्बा र खरिदार माथि भए पनि पाँचौँ तहको सवारी चालकले भन्दा कम तलब पाउँदै आएका थिए। त्यस्तै मर्यादामा उपसचिव भन्दा प्रहरीको एसपी तल हुने भए पनि तबल भने एसपीले बढी थाप्ने गरेका छन्।
मर्यादामा प्रहरीको डीआईजी भन्दा सहसचिवमाथि हुने व्यवस्था छ। तर तलब भने डीआईजीको भन्दा सहसचिवको थोरै छ। तहगत प्रणाली रहेको स्वास्थ्य सेवा, प्रदेश, स्थानीय तह र सार्वजनिक संस्थानका आठौं तह बराबर शाखा अधिकृत मानिएको छ।
दशौं तहलाई उपसचिव र एघारौं तह सहसचिव सरह भए पनि आठौंको भन्दा शाखा अधिकृतले कम तलब पाउँदै आएका थिए।दशौं तहको भन्दा उपसचिवको र एघारौंभन्दा सहसचिवको तलबस्केल कम हुँदै आएको थियो।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




