सयपत्री हाइड्रोपावरको सेयर मंगलबार बाँडफाँड गरिने, साढे १४ लाख बढीकाे हात खाली हुने

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन । सयपत्री हाइड्रोपावरको सेयर आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने भएको छ । प्रि-अलटमेन्ट साउन २२ गते सम्पन्न भएपछि बाँडफाँडकाे चरमा पुगेकाे बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ ।

माग बमाेजिमभन्दा २५.७१ गुणा बढी आवेदन परेकोले बाँडफाँड गोलाप्रथाबाट गरिने भएकाे छ । ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् । बाँकी १४ लाख ५६ हजार ६४४ जना रित्तै फर्किनेछन् ।

सयपत्री हाइड्राेकाे सेयरमा १५ लाख २३ हजार ७०३ जनाकाे आवेदनबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता माग गरिएकाे छ । याे आवेदन १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बरारको हाे ।

आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरिएकाे सेयरमा बाँकी रहेकाे १ लाख २१ हजार ६० कित्ता थपेर ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरीएकाे थियाे ।

३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोषका लागि रहेकाे छ । १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका रहेकाे छ। बाँकी रहने ६ लाख ७० हजार ५८३ कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

केयर रेटिङ नेपालले कम्पनीलाइ ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम खालकाे छ भन्ने संकेत गरेकाे छ ।

सयपत्री सहाइड्रोपावर कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेकाे छ ।