
काठमाडौं, २३ साउन । साताको पहिलो सेयर कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २१२३.८२ विन्दुमा उक्लिए पनि दोश्रो कारोबारको दिन सोमबार नेप्सेले ओरालोको यात्रा तय गर्दै २१०६.१६ विन्दुमा झरेको छ । नेप्सेमा यसदिन देखिएको करेक्सनले फेरि लगानीकर्ताहरुको मनोबल घटाएको छ ।
यो समयमा बैंक तथा वित्तीय संस्थाहरुको चौमासिक सार्वजनिक भइरहेको छ । चाडपर्वको आगमन तथा मंसिर ४ गते घोषणा गरिएको संघ तथा प्रदेशको निर्वाचनको कुराले बजारलाई सकारात्मक प्रभाव पार्ने आकलन गरिएको थियो ।
तर अझै पनि सेयर बजारमा ढुक्क हुने स्थिति कहिले बन्ने हो त्यो यकिन हुन सकेको छैन । अर्थ क्षेत्रका जानकारहरुले सेयर बजारमा ठूला खेलाडीहरुको हातमा ठूलो संख्यामा सेयर होल्ड भएको कारण यस्तो स्थिति पनि देखा परेको हो । बजार आफ्नो अनुकूलको बनाउन खोज्दा नकारात्मक दृश्यहरु देखिने गरेका छन् । यसको प्रत्यक्ष मारमा साना लगानीकर्ता परिरहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा ओर्लिएको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । ६५ लाख २७ हजार ४१४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । म्युचुअल फण्डतर्फ ०.०४ अंकको वृद्धि तथा उत्पादनतर्फ ५.६४ अंकको बृद्धि भएको छ भने बाँकी ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा लगातार आज पनि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९३५रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
साेमबार २ वटा कम्पनी हिमालयन हाइड्राेपावर र गुराँस लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। जानकी फाइनान्स कम्पनीकाे सेयरमूल्य सबैभन्दा बढी घटेकाे छ । सेयरमूल्य ४.३१ प्रतिशतले घटेर ४ सय ४४ रूपैयाँ भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




