
काठमाडौं, २४ साउन । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएकाे छ ।
आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमेका जनता रहेका छन् । यस्तै प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका र केहि कम प्रभावित हुने आमाछोदिङमो गाउँपालिकाका वडा नं १, २, ३ र अति कम प्रभावित भएका जिल्लाका सबै जनताका लागि सेयर निष्काशन गरिएकाे हाे ।
निष्काशित सेयरबाट १० प्रतिशत अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र अति कम प्रभावित क्षेत्रका जनताका लागि ४.२५ः३ः१.५ः१ काे रेसियाेमा सेयर बाँडफाँड हुनेछ ।
सेयरमा लगानी गर्नका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । साे अविधमा माग अनुसाकाे आवेदन नपरेकाे खण्डमा ढीलाेमा असोज ४ गतेसम्म आवेदन पेश गर्न सकिनेछ । यसका लागि सेबाेनबाट अनुमति लिएका सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाइनेछ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्ने भएका छन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




