सुन र चाँदी दुबैको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६०० ले बृद्धि भएको जानकारी गराएको छ । सेतो धातु चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको जनाएको छ ।

महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर तोलाको ९६ हजार ९०० मा कारोबार भईरहेको जनाएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएर तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।